प्रधानमन्त्री लक्षित बाबुरामको टिप्पणीः व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट

संवाददाता
२३ फाल्गुन २०८०, बुधबार १६:३८

२३ फागुन, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताउनुभयो । गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उहाँले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताउनु भयो । उहाँले काँग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताउनु भयो । उहाँले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गर्नुभयो । उहाँले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताउनु भयो ।
अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*