मकवानपुरे एक से एक सहकारी अभियन्ता नामक पुस्तक विमोचन गरिदै

संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार १३:४७

२४ फागुन, हेटौँडा । जिल्ला बचत संघ मकवानपुरले मकवानपुरे ’एक से एक’ सहकारी अभियन्ता नामक पुस्तक विमोचन गर्ने भएको छ ।
सहकारीमा आबद्ध महिलाको भोगाई समेटिएको पुस्तकको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पुस्तकमा ’एक से एक’ सहकारी अभियान्ताका भोगाईका कथा समेटिएको जिल्ला बचत तथा क्रृण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । सहकारी अध्यक्ष, व्यवस्थापक र सहकारीकर्मी गरी ५० जनाको भोगाई तथा संघर्षलाई अत्मवृतान्त मार्फत् पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो ।
सबै सहकारीकर्मी कार्यकुशलतामा ’एक से एक’ रहेकाले विभेद नगरी पुस्तकको नामाकरण नै सोही अनुसार गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । पुस्तक बिक्रीबाट प्राप्त रकम कोषमा राखिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुस्तक मूल्य पाँच सय राखिएको छ । पुस्तक प्रकाशनका लागि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय वीमा संस्थान लगायत संघसंस्थाहरुको सहयोग रहेको संघले जनाएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संघले विगतका वर्षहरुदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*