मकवानपुरे १०१ सहकारी अभियन्ता नामक पुस्तक विमोचन

संवाददाता
२५ फाल्गुन २०८०, शुक्रबार १५:१७

२५ फागुन, हेटौँडा । सहकारी संस्थाहरुमा आबद्ध महिलाको भोगाई समेटिएको मकवानपुरे १०१ सहकारी अभियन्ता नामक पुस्तक विमोचन गरिएको छ ।
जिल्ला बचत तथा क्रृण सहकारी संघले प्रकाशन गरेको पुस्तकको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै नगर प्रमुख लामाले सहकारीले महिलाको जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सहकारीमा अबद्ध भएर महिलाले सीप चेतनास्तर तथा आर्थिक क्षेत्रमा समेत अगाडी बढ्न सकेको उहाँको भनाई छ । महिलालाई अत्मनिर्भर बनाउन सहकारीले खेलेको भूमिकाको नगर प्रमुख लामाले प्रशांसा व्यक्त गनुृभयो । पछिल्लो समय बचतकर्ताको विश्वास गुमाउँदै गईरहेको सन्दर्भलाई जोड्दै नगर प्रमुख लामाले सदस्यहरूको विश्वासलाई कायम राख्ने गरी कार्य गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुुभयो । हेटौंडा उपमहानगरभित्र रहेका ६ वटा सहकारी संस्थालाई कार्वाहीको तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो । सिद्धान्तमा रहेर कार्य गर्ने सहकारी सफल हुनेमा नगर प्रमुख लामाको विश्वास थियो ।


बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा सहकारी अध्यक्ष, व्यवस्थापक र सहकारीकर्मी गरी ५० जनाको भोगाई तथा संघर्षलाई आत्म वृतान्त मार्फत् समेटिएको छ । पुस्तकमाथि मकवानपुर बहुमुखी क्याम्पस समाजशास्त्र विभाग प्रमुख रामेश्वर बडाल र आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले विवेचना गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका अध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सल्लाहकार बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*