नेपाल व्यवस्थापन संघ बागमती प्रदेशको कार्यालय स्थापना

संवाददाता
२६ फाल्गुन २०८०, शनिबार १९:०४

२६ फागुन, हेटौँडा । नेपाल व्यवस्थापन संघ बागमती प्रदेशको कार्यालय स्थापना गरिएको छ ।
शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा संघको प्रादेशिक कार्यालय स्थापना गरिएको हो । कार्यालयको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो । म्यानको चौथो प्रादेशिक कार्यालयको रुपमा हेटौंडामा कार्यालय स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले व्यवस्थापकीय सीपको अभावले शिक्षित मानिसले समेत सोचे अनुरुपको कार्य गर्न नसक्ने बताउनुभयो । कार्यान्वयनको क्षेत्रमा कमजोर भए विज्ञताले पनि केही गर्न नसक्ने उहाँको तर्क थियो । सबै क्षेत्रको विज्ञता हुन नसके पनि विज्ञसँगको सल्लाहमा अगाडी बढेमा लक्ष्यमा पुग्न सकिनेमा मन्त्री मोक्तानको विश्वास थियो ।


संघको बागमती प्रदेश तदर्थ समिति समेत गठन भएको छ । सुदर्सन प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समिति उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा नूररानी ढुङ्गेल प्याकुरेल रहेका छन् । समिति सदस्यहरुमा विनोद शाह, प्रद्युम्न उपाध्याय, साग्रीला श्रेष्ठ, दिपक पराजुली र रवी अग्रवाल चयन भएका छन् । नवगठित समितिलाई केन्द्रिय अध्यक्ष मोहनराज ओझाले सपथ गराउनुभयो । ४३ वर्ष अघि गठन भएको यस संघमा विभिन्न क्षेत्रमा व्यवस्थापकीय, प्रशासकीय अनुभव सँगालेका व्यक्तित्वहरु आबद्ध रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, बागमती प्रदेश उद्योग परिसघंका उपाध्यक्ष स्वागत राज प्याकुरेल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*