काँग्रेस नयाँ सरकार बनाउने धन्दामा लाग्दैनः महामन्त्री शर्मा

संवाददाता
२६ फाल्गुन २०८०, शनिबार १९:०५

२६ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले काँग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताउनुभयो । उहाँले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले काँग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नुभयो । महामन्त्री शर्माले काँग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा काँग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाउनु भयो ।
महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*