प्रचण्ड नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री, वरियतामा उपेन्द्र यादव भन्दा रवि अगाडि

संवाददाता
२७ फाल्गुन २०८०, आईतवार १३:४५

२७ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ ।
पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुभएको छ । नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । प्रधानमन्त्रीको वरियतामा रहेका चार उपप्रधानमन्त्री मध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।
शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान मन्त्री यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताउनुभयो । उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गर्नुभयो ।
साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बन्नुभएको छ । यससँगै प्रधानमन्त्री प्रचण्ड नेतृव मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*