हेटौंडा अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा अर्याल नियुक्त

संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०८:०५

२ चैत्र, हेटौँडा । हेटौंडा अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. श्रीधर अर्याल नियुक्त भएका छन् ।
अर्याल दशौं तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुन् । उनी भक्तपुर अस्पतालबाट सरुवा भई हेटौंडा आएका हुन् । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट नै थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौंडा अस्पतालमा सरुवा गरेको हो ।
नियुक्त भएसंगै अर्यालले अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको काज भने संघमै फिर्ता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*