यो आर्थिक वर्षमा १३ हजार १ सय एक जना वैदेशिक रोजगारीमा गए

संवाददाता
२ चैत्र २०८०, शुक्रबार १९:०६

२ चैत्र, हेटौंडा । मकवानपुर जिल्लाबाट यो आर्थिक वर्षमा श्रम स्वीकृत लिएर १३ हजार एक सय एक जना वैदेशिक रोजगारीमा गएका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि फागुन सम्म मकवानपुरमा ५ हजार सात सय ३७ जनाले नयाँ श्रम स्वीकृती लिएका छन् । ७ हजार छ सय ४७ जनाले पुन श्रम स्वीकृती लिएका छन् । बागमती प्रदेशका १३ जिल्लामध्ये वैदेशिक रोजगारीमा जानेमा मकवानपपुर दोस्रो स्थानमा रहेको शुक्रबार सुरक्षित आप्रवासन परियोजना (सामी) ले पत्रकारहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा जानकारी गराइएको हो । पहिलो स्थानमा रहेको चितवनबाट यसवर्ष १५ हजार नौ सय ३२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कले देखाएको छ । कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक अंजिता थापा मगरले मकवानपुरको १० वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा यो परियोजना लागु भएको जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउापालिका र बकैया गाउँपालिकामा परियोजना लागू भएको छ । श्रावण देखि माघ मसान्त आप्रवासी स्रोत केन्द्रमा निशुल्क कानुनी सहायताका लागि १ सय १८ वटा समस्या दर्ता भएकोमा ४८ वटा समस्या समाधान भएको र ७० वटा प्रक्रियामा रहेको संयोजक मगरले बताउनुभयो । क्षतिपुर्ति बापत बैदेशिक रोजगार बोर्ड, बिदेश स्थित कम्पनीहरुबाट ९९ लाख ३१ हजार सहायता रकम उपलब्ध गराउन सफल भएको उहाँले बताउनुभयो ।
यो अवधीमा आप्रवासी स्रोत केन्द्रबाट ४ हजार दुई सय ६३ जनाले सूचना तथा परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवाशन कार्यक्रम अन्तर्गत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तिय साक्षरता प्रदान गर्ने जस्ता कार्य गर्दै आइरहेको छ । कार्यक्रममा हेल्वेटास नेपालकी प्राविधिक सहयोगी उमा पौडेल, मनोपरामर्शकर्ता प्रतिक्षा भट्टराई, सामाजिक परिचालक अधिकृत प्रतिक्षा खड्का, सूचना तथा परामर्शकर्ता पार्वती विकले सामी परियोजना अन्तर्गत भैरहेका कामहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*