जलबिन्दूबारे जानकारी प्रवाह गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालद्वारा अन्तरक्रिया कार्यक्रम

संवाददाता
२ चैत्र २०८०, शुक्रबार १९:३२

२ चैत्र, हेटौँडा । जलबिन्दूको बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले हेटौंडा सामुदायिक आँखा अस्पतालले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सामुदायिक आँखा अस्पातालले सामाजिक अभियन्ता र सञ्चारकर्मी माझमा आँखामा लाग्ने जलबिन्दू रोगको बारेमा शुक्रबार सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो । सञ्चारमाध्यबाट जलबिन्दूबारे जानकारी प्रवाह गर्न अन्तरक्रिया गरिएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेत्ररोग विशेषज्ञ डाक्टर सुनील थकालीले जलबिन्दू रोग, यसका कारण र उपचारको बारेमा जानकारी दिनुभएको थियो । कुनै पनि लक्षण नदेखिकन आँखाको ज्योती नै गुम्न सक्ने भएकाले जलबिन्दूलाई “सुटुक्कै दृष्टि चोर्ने रोग” भन्ने गरिएको डाक्टर थकालीले बताउनुभयो ।
विश्वमा आँखाको दृष्टि गुम्ने कारण मध्ये चौंथो कारणमा जलबिन्दु पर्ने उहाँले जानकारी दिनुभयो । जलबिन्दूकै कारण विश्वमा ८० लाखले दृष्टि गुमाउने गरेको तथ्यांक छ । वंशाणुगत कारण, ४० वर्ष उमेरभन्दा व्यक्ति, सुगर प्रेसर भएका व्यक्ति, लामो समयसम्म ‘स्टेरोयड’को प्रयोग गर्नेलाई जलबिन्दू हुन सक्ने थकालीले बताउनुभयो् । जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने डाक्टर थकालीले जानकारी दिनुभयो । अस्पतालमा दैनिक ८ देखि १० जना जलबिन्दू समस्या भएका बिरामी आउने गरेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । अस्पतालले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अन्डसफोटो क्यामरा उपकरण खरीद गर्न लागेको छ । यो उपकरणको माध्यमबाट जलबिन्दू रोगको स्क्रिनिङ गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*