रक्षादेवी टोल विकास संस्थालाई नमूना टोल बनाउन गमला प्रदान

संवाददाता
३ चैत्र २०८०, शनिबार १९:१८

३ चैत्र, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले रक्षादेवी टोल विकास संस्थालाई गमला प्रदान गरेको छ ।
रक्षादेवी टोल विकास संस्थालाई नमूना टोल बनाउनका लागि सहकारीको आर्थिक सहयोगमा नवजीवन ज्योति क्लब मार्फत तीन सय वटा गमला प्रदान गरिएको हो । हेटौडा–६ की वडा सदस्य मुना विश्वकर्माको प्रमुख आतिथ्यता एवं सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धरको अध्यक्षतामा गमला वितरण गरिएको हो । सामाजिक कार्यमा सहयोग पुराउने उद्देश्यले सहकारीले गमला वितरण गरेको कार्यक्रमका संयोजक एवं चौघडा बचत तथा क्रृण सहकारीका शिक्षा उपसमिति संयोजक रामचन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य मुना विश्वकर्माले रक्षादेवी मात्रै नभई अन्य टोल विकास सस्थालाई पनि क्रमशः नमूना टोल बनाउने गरी कार्य गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा, हेटौडा ६ का निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, नवजीवन ज्योति क्लबका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, रक्षादेवी टोल विकास संस्थाका कार्यबाहक अध्यक्ष केशव प्रसाद कोईराला, लगायतको उपस्थिति रहेको थियो। रक्षादेवी टोल विकास संस्थाले नियमित कार्यक्रम अन्तर्गत टोल सरसफाई कार्यक्रम समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*