समाजमा अझैपनि जातीय छुवाछुत कायमै रहेको दलित महिलाहरुको गुनासो

संवाददाता
३ चैत्र २०८०, शनिबार १९:३१

३ चैत्र, हेटौँडा । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि अझै समाजमा जातीय छुवाछुत कायमै रहेको दलित महिलाहरुले बताएका छन् ।
दलित महिला संघ फेडो मकवानपुरले नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकार प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीले जातीय भेदभावको रुवरुप बदलिएको बताएका हुन् । सामाजिक रुपमा विभेद हट्दै गएको भएपनि मानसिक रुपमा दलित समुदायले अझै विभेद खेप्नुपरेको उनीहरुको गुनासो छ । शिक्षित व्यक्तिहरुबाट नै जातिय विभेद हुने गरेको सहभागीले बताएका छन् ।
सरकारले दलित तथा सीमान्तकृत समुदायका बालबालिकाकालाई कक्षा १० सम्मको शिक्षा निःशुल्क भनेपनि आफूहरुले शुल्क तिर्नुपरेको अभिभावकले गुनासो गरेका छन् ।


नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले दलित महिला बालबालिका तथा किशोरीको अधिकारका सवालमा सञ्चारकर्मीका कलम माफर्त् सक्दो सहयोग रहने बताउनुभयो । दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले फेडोले गरिरहेको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा फेडो जिल्ला उपाध्यक्ष सुनिता दर्लामी, विभिन्न वडाका दलित महिला वडा सदस्य, दलित अधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*