यातायात मजदुर संघमा शिकारी
४ चैत्र, हेटौँडा । अखिल नेपाल यातायात मजदुर संघको ८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
हेटौंडा ११ सिमलटारमा भएको सम्मेलनले बासु शिकारीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा शोभा कुमारी दाहाल, सचिवमा अजय सिं तामाङ, सहसचिवमा दिनेश खड्का, कोषाध्यक्षमा राकेश कोइराला चयन भएका छन् । यस्तै सदस्यहरूमा छेगु गोले, ज्ञानेन्द्र दर्जी, देश बहादुर वाइबा, कमल लोप्चन, जोसन योञ्जन, इन्दिरा सापकोटा, बुद्ध कुमार राई, लेखनाथ चालिसे चयन भएका छन ।
संघको जिल्ला अध्यक्ष राजेश सापकोटाको सभाध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिन, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामशरण घिमिरे, केन्द्रिय सदस्य रमेश गुरुङ, ट्रेड युनियनका बागमती प्रदेश सहसचिव विष्णुराना मगर, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपमहासचिव विष्णु गुरुङ, संघका केन्द्रिय सदस्य देवकृष्ण थोकर लगायतको आतिथ्यता रहेको थियो ।














