मंगलदीप सहकारीको स्थापना दिवसमा शिखरकोटमा बृहत रक्तदान कार्यक्रम हुने

संवाददाता
४ चैत्र २०८०, आईतवार १८:५२

४ चैत्र, हेटौँडा । थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको पालुङ सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरुको सहयोगमा कार्यक्रम कार्यक्रम हुन लागेको हो । पालुङ जेसिज सह आयोजक रहेको कार्यक्रमको सहायेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् । ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि समुदायमा आधारित बिबिध स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ ।
छोटो समयमा नागरिकको विश्वास जित्न सफल यस सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटबाट यस क्षेत्रका सदस्यहरुलाई उत्कृष्ट सेवा दिदै छोटो समयमै बेग्लै पहिचान स्थापित गर्न सफल भएको सहकारी संस्था हो । सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले मानव सेवा भावलाई आधार मान्दै संस्थाले विभिन्न सचेतना तथा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*