देशको समृद्धिको लागि समाजको हरेक क्षेत्रमा महिला सहभागिता जरुरी

संवाददाता
४ चैत्र २०८०, आईतवार १८:५५

४ चैत्र, हेटौँडा । हेटौंडामा जारी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीमा पर्यटन, कृषि, लघु उद्यम, पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रमा महिला सहभागिता विषयक समूह बहस कार्यक्रम सम्पन्न भएको छ ।
वहस कार्यक्रममा सहभागी वक्ताहरुले देशको समृद्धिको लागि लागि समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । उनीहरुले आर्थिक तथा सामाजिक समृद्धिको लागि समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए । नेपाल सरकारकी पूर्व उपसचिव महेश्वरी विष्टले आफ्नो जागिरे जीवनको संघर्ष, तत्कालिन समाजले हेर्ने नजर, महिला भएकै कारण भोग्नु परेका समस्या लगायतको बारेमा अनुभव सुनाउनुभएको थियो ।
त्यस्तै सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकारले महिला सशक्तीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो । अधिवक्ता शान्ती मोक्तानले नीति निर्माण लगायत निर्णयक तहमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । बैंकर अन्जली श्रेष्ठले उद्यमशीलता विकासमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा जारी आयोजना प्रदर्शनी चैत्र ६ गतेसम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*