वैशाख १ गते पाथीभरामा महापुजा हुने

अम्बिका बस्नेत
५ चैत्र २०८०, सोमबार ०९:२३

५ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसर पारेर महापुजा गर्न लागेको छ ।
स्थापना दिवसको अवसरमा हुने पुजाको पहिलो दिन वैशाख १ गते मन्दिरमा विशेष पुजा गरिने भएको छ । चैत २५ गते उद्घाटन समारोह गरी कालभैरवको मन्दिर स्थापना र भजन प्रतिस्पर्धा हुने छ । भजन प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पुरस्कार समेत वितरण गरिने पिठाधिसले बताउनुभयो । प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः ७ हजार ५ सय , ५ हजार र ३ हजारको व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थित सम्पुर्ण प्रतिस्पर्धामा सहभागीता जनाएकालाई २–२ हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ । २७ गतेबाट भागवत पुराणहरु नियमित सुचारु गरिने छ । त्यसै गरि अष्टमीको दिनमा भने भव्य रुपमा विशेष पुजा हुने छ । चैत २६ गतेबाट सुरु हुने पुजा वैशाख ५ गते समापन हुने पिठाधिसले बताउनु भयो ।
पाथीभराको मन्दिरमा दैनिक पुजा हुने गर्दछ । मन्दिरलाई संचालक समितिले रेखदेखे र संचालन गरिरहेको छ । मन्दिरको कार्य समितिको अध्यक्षमा केशव प्रसाद देवकोटा , मन्दिर संरक्षणमा गौरि बहादुर कार्की, मन्दिरका मुल पिठाधिस देविदास र मन्दिर संरक्षण ताप्लेजुङका मुल स्थानमा रहनु भएका देवि नाथ वावा जि र ११ सदस्यीय कार्यकारी समिति छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*