कांग्रेसलाई प्रधानमन्त्रीको आग्रहः रवि लामिछानेको विषयलाई राजनीतिकरण नगरौँ

संवाददाता
६ चैत्र २०८०, मंगलवार १३:४१

६ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ रहेको बताउनुभएको हो । उहाँले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो विषयलाई संसदको काम, कारबाही नै प्रभावित हुनेगरी उठाइएको बताउनु भयो । अदालतमा विचाराधिन मुद्दामा पनि उहाँको नाम कतै नजोडिएको प्रधानमन्त्री दाहालले बताउनु भयो । लामिछाने मन्त्री बनेपछि यो विषयलाई उचालेर संसद्का काम कारबाही प्रभावित गर्नु कति उचित हो भनेर नेपाली कांग्रेसले नै ख्याल गर्नुपर्ने विषय भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
ठाडो उजुरीकै आधारमा राजीनामा माग्ने र दिने कुरा उचित नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले यो विषयलाई राजनीतिकरण नगर्न पनि कांग्रेससँग आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*