भुटनदेवी माविको अध्यक्षमा नविन सिग्देल

संवाददाता
६ चैत्र २०८०, मंगलवार १८:२५

६ चैत्र, हेटौँडा । हेटौँडा उपमहानगपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालय(प्राविधिक शिक्षालय)को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन हुनुभएको छ ।
मंगलबार विद्यालयले पत्रकार सम्मेलन गर्दै नयाँ व्यवस्थापन समिति चयन भएको जानकारी गराएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभएका सिग्देल ३ वर्षे कार्यकालको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । पौष २९ गते भएको अभिभावक भेलामा आकांक्षी धेरै हुँदा विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समिति सदस्यको लागि खुलातर्फ २ जनाको लागि १४ जना र २ महिला सदस्यको लागि २० जनाको उम्मेदवारी परेको थियो । विभिन्न चरणको छलफलबाट अध्यक्ष देखि सदस्य सबै सहमती मै चयन गरिएको नवनिर्वाचित अध्यक्ष सिग्देलले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष सिग्देलले शिक्षाको गुणस्तर वृद्धिका लागि गुणस्तरीय व्यवस्थापन हुनुपर्ने बताउनुभयो । समग्र वडाकै शैक्षिक गुणस्तरकालागि कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभयो ।


अध्यक्ष सिग्देलले विद्यालयका पूूर्वप्रधानाध्यापक डेन्डीजंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने पहिलो निर्णय समेत गर्नुभएको छ । कोषको रकम मार्फत् गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।
समितिका सदस्यहरुमा गोमा सुनार, दिना श्रेष्ठ, नारायण प्रसाद तिमल्सिना, कृष्ण प्रसाद कँँडेल चयन भएका छन् । त्यस्तै, राजेन्द्र वस्ताकोटी र राधिका चौलागाईलाई सदस्य मनोनित गरिएको छ । विद्यालयलले देशकै उतकृष्ट प्राविधिक विदालय बनाएर जाने दूरदृष्टि लिएको विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले बताउनुभयो । दश जोड दुई सम्म अध्यापन हुने विद्यालयमा २ हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*