क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न

संवाददाता
८ चैत्र २०८०, बिहीबार १८:४९

८ चैत्र, हेटौँडा । हेटौंडामा रहेका टोल विकास संस्थाका पदाधिकारीहरूलाई दिइएको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् टोल विकास समन्वय समिति नगर अध्यक्ष धुब्र अधिकारीको सभाध्यक्षतामा समापन कार्यक्रम भएको हो । उपमहानगरको आर्थिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १० र ११ नम्बर वडाका ५५ जना सहभागी भएका थिए ।
टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षहरूका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । शिवहरी दाहाल, देवकुमार श्रेष्ठ लगायतले तालिममा सहभागी भएकाहरुलाई सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*