राक्सीराङ गाउँपालिकाद्वारा एसईईमा सहभागिता जनाउने विद्यार्थीलाई खाद्यान्न सहयोग

संवाददाता
१४ चैत्र २०८०, बुधबार १९:०५

१४ चैत्र, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा एसईईमा सहभागिता जनाउने विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ ।
पालिकाको दुर्गम स्थानका ५ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागिता जनाउन आएका आएका २ सय १ जना विद्यार्थीलाई दाल, चामल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो । राक्सिराङ्ग गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच परीक्षा अवधि भरलाई पुग्नेगरी प्रति विद्यार्थी १२ दशमलब ५ केजी चामल, एक लिटर तेल, एक केजी दाल र नुन उपलब्ध गराइएको हो । आफूले विगतम हेटौंडामा बसेर परीक्षा दिदा भोगेको समस्यालाई मध्यजनर गर्दै पालिकामा परीक्षा दिन आएका विद्यार्थीलाई खाद्य समग्री सहयोग गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।


कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बनस्तम थिङले परिक्षाको समय अबधी केही समस्या भएमा निर्धक्क भएर भन्न आग्रह गर्नुभयो । पालिकामै केन्द्र हुँदा नतिजापनि राम्रो आउने अपेक्षा गर्नुभयो ।
राक्सिराङ्ग गाउँपालिकाका चैनपुरमा रहेको प्रजा जागृती माध्यामिक विद्यालय केन्द्रबाट २ सय ८१ जना परिक्षामा सहभागीता जनाउँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*