आज राष्ट्रिय सभाको बैठक बस्दैं

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार ०९:५३

१६ चैत्र, हेटौंडा । आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। यस्तै उनले राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामासम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउने छन्।

बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*