मकवानपुरको मनहरीमा एक भाईले गरे आफ्नै दाई माथि खुकुरी प्रहार

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १०:१२

१६ चैत्र, हेटौंडा । मकवानपुरको मनहरी ३ स्थित हाँडीखोलामा एक जना युवकले आफ्नै दाइ माथी खुकुरी प्रहार गरेको छ । स्थानीय २६ वर्षिय कृष्ण तामाङ बलले आफ्नै दाई २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको छ । उनको उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*