नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा आजबाट सुरु हुदैं

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १०:४१

१६ चैत्र, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा वागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने साधारणसभा आजबाट सुरु हुने भएको हो । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने भएको छ ।

उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतकोे उपस्थिति जनाउने भएका छन् । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने भएकोले उक्त स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु पनि राखिने भएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*