६७ औं सहकारी दिवस विविध कार्यक्रम सहित मनाईयो

संवाददाता
२० चैत्र २०८०, मंगलवार १८:२७

२० चैत्र, हेटौँडा । सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ ।
राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभा अगाडी भएको प्रभातफेरीमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका पाँचवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा ११ प्रथम भएको छ । महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ ले दोस्रो स्थान हासिल गर्दा महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१२ तृतीय हुन सफल भयो ।
प्रथम, द्धितीय र तृतीयले क्रमश १० हजार, ७ हजार, ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । साना किसान कृषि सहकारी संस्था मनहरी–८ र साना किसान कृषि सहकारी संस्था हनामाडी हेटौंडा–१८ सान्त्वना हुँदै ३÷३ हजार नगद प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, प्रदेश सहकारी विकास बोर्डकी प्रमुख प्रतिमा सापकोटा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*