हेटौंडामा ६ दिने सहकारी लेखापालन तालिम सुरु

संवाददाता
२१ चैत्र २०८०, बुधबार १९:१४

२१ चैत्र, हेटौँडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा बुधबारदेखि हेटौंडामा ६ दिने सहकारी लेखापालन तालिम सुरु भएको छ ।
तालिमको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उद्घाटन गर्नुभएको हो । रजिष्टार पोखरेलले सहकारीमा सञ्चालक समिति र व्यवस्थापकले सहि ढंगले काम गर्न नसक्दा समस्या आएको बताउनुभयो । ईमान्दारीताका साथ काम गर्ने सहकारीमा समस्या नभएको तर गलत मनसाय राख्दा समस्या हुने उहाँको भनाई छ । रजिष्टार पोखरेलले सहकारीमा काम गर्ने कर्मचारीको जिम्मेवारी धेरै हुने हुँदा यस्ता तालिमले क्षमता विकासमा मद्दत पुग्ने बताउनुभयो । सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौडा–४ का अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकका प्रमुख रामेश्वर अर्याल, टोल विकास संंस्था नगर समन्वय समिति अध्यक्ष धु्रव अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहाल लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीताराम दाहाल, नवराज खनाल लगायतकाले सहजीकरण गर्नेछन् । तालिममा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, लेखा संयोजक गरि २० जनाको सहभागिता रहेको व्यवस्थापक महेश अधिकारीले बताउनुभयो । तालिम चैत्र २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहकारीका सिद्धान्त, सहकारी ऐन, नियम, आयव्यय विवरण लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराईने संघका सचिव प्रतिमा श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*