सिमसार क्षेत्र जोगाउने आफ्नो पहिलो प्राथमिकताः मन्त्री पोखरेल

संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १७:२०

२३ चैत्र, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री केशव पोखरेलले सिमसार क्षेत्र जोगाउने आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ ।
मन्त्री नियुक्त भएपश्चात हेटौंडा १० स्थित भुटनदेवी मन्दिर दर्शन गर्न पुग्नुभएको मन्त्री पोखरेलले विशेषगरी जलाधार संरक्षण तथा सिमसारक्षेत्र जोगाउन पहल थाल्ने बताउनुभयो । बनस्पती तथा बन्यजन्तुका लागि उपयुक्त बास स्थान मानिने सिमसार क्षेत्र पछिल्लो समय अतिक्रमण हुने क्रम बढ्दै गईरहेको छ । यसलाई जोगाउन आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री पोखरेलले बताउनुभयो । यस्तै, मन्त्री पोखरेलले वन पैदावार क्षेत्रमा देखिएका समस्या हल गर्दै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो । बन्यजन्तुबाट हुने मानवीय क्षेती कम गर्न घेराबार लगाउने लगायतका कार्य गर्ने उहाँले बताउनुभयो ।


मन्त्री पोखरेलले बागमती प्रदेशमा घरको नक्सा पास गराउँदा दुई वटा विरुवा अनिवार्य रोप्नुपर्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम लागू गर्ने मन्त्रालयको तयारी रहेको उहाँको भनाई छ । हाई टेक्नोलोजीको नर्सरी नै स्थापना गरेर फलफूलका विरुवा वितरण गर्ने कार्यक्रम बनाएको मन्त्री पोखरेल जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले आफ्ना प्रतिबद्धताहरु केही दिनमै पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्ने पनि बताउनुभयो । यसैगरी भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले मन्त्री पोखरेललाई मन्दिरको बारेमा जानकारी गराउनुको साथै स्वागत तथा सम्मान पनि गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*