हे ज्ञान कि देवी गीति एल्वम तथा म्यूजिक भिडियोको लोकार्पाण

संवाददाता
२४ चैत्र २०८०, शनिबार १९:०६

२४ चैत्र, हेटौँडा । हेटौंडा २ स्थित बालजागृति इङ्लिस सेकेण्डरी स्कुलले निकालेको ‘हे ज्ञान कि देवी’ गीति एल्वम तथा म्यूजिक भिडियोको लोकार्पाण गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा गीति एल्बम लोकार्पाण तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एल्बमभित्र चार वटा गीत संग्रहित रहेका छन् । एल्बममा विद्यालयले आयोजना गरेको ‘द बिग स्टार’मा छनौट भएका विद्यार्थीहरुले आवाज दिएका छन् । एल्बममा समावेश सबै गीतमा घनश्याम ढकालको संगीत रहेको छ । एल्बममा रजनी पौडेलको शब्दमा शीर्ष गीत ‘हे ज्ञान कि देवी’, संगितकार ढकालकै शब्दमा जुन मामा जुन मामा, विद्यालय गाथा र बालमैत्री बोलका गीतहरु रहेका छन् । गायिका सुनिता बुर्लाकोटी शर्मा र गायक कृष्णगोपाल सिंहले सांगीतिक प्रस्तूती दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा सदस्य इन्द्र रिजाल, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश बिडारी, संगीतकार पूर्णविक्रम अधिकारी, साहित्यकार निमेष निखिल, छवी अनित्य लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*