प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

संवाददाता
२८ चैत्र २०८०, बुधबार १८:४०

२८ चैत्र, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणको लागि संसदीय छानविन छानविनको माग राखेको थियो । सभामुख देवराज घिमिरेले शुन्य समय प्रारम्भ गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि उभिएर सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी समेत गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले आगामी बैठक २०८१ साल वैशाख २ गते बस्ने बैठक स्थगित भएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*