नगर प्रथम भएको उपलक्ष्यमा मुनलाइटले निकाल्यो खुशीयाली ¥याली

संवाददाता
२८ चैत्र २०८०, बुधबार २०:५१

२८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चौघडा स्थित मुनलाइट इन्टरनेशनल स्कुलले बुधबार खुशीयाली ¥याली निकालेको छ ।
कक्षा ८ को परीक्षामा उपमहानगरपालिका भरिमै जिपिए ४ प्राप्त गरी नगर प्रथम भएको उपलक्ष्यमा स्कुलले ¥याली निकालेको हो । विद्यालयका प्रिन्सिपल भरत सापकोटा सहित विद्यार्थी, शिक्षक, अभिभावकहरु ¥यालीमा सहभागी भएका थिए । ¥याली पश्चात् भएको कार्यक्रममा विद्यालयले विद्यार्थी र अभिभावकलाई समेत सम्मान गरेको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको सभाध्यक्षता एवम् ६ नं. वडाका वडा सदस्य बिजय पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पहिलो पटक आधारभुत तहको उत्तीर्ण परीक्षामा सहभागी भएको स्कुलको तर्फबाट जिपिए ४ तीन जना, ए प्लस ८ जना र ए २ जना विद्याथीले ल्याउन सफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*