जनताको आवश्यकता पूरा गर्न एमाले सधै अघि बढ्छः मन्त्री श्रेष्ठ

संवाददाता
२९ चैत्र २०८०, बिहीबार १५:४८

२९ चैत्र, हेटौँडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने बताउनुभएको छ ।
नेकपा एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउदै मन्त्री श्रेष्ठले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती गरेको बताउनुभयो । भीमफेदी गाउँपालिका–४ वडा कमिटीको आयोजनामा विहिवार भएको वडा भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले जनताको आवश्यकता पूरा गर्न एमाले सधै अघि बढ्ने बताउनुभयो । बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा भीमफेदी कुलेखानी सुरुङ्ग बनाउने गरि बजेट विनियोजन गरेकोमा समाजवादी नेतृत्व सरकार आउने बित्तिकै ती योजना काट्ने काम भएको जिकिर गर्नुभयो । एमाले नेतृत्वले कस्तो काम गर्छ भन्ने हेर्न भीमफेदी गाउँपालिकाको काम हेरे पुग्ने उहाँको भनाई छ ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र खानेपानी मन्त्री श्रेष्ठले अबिर र खादा लगाएत स्वागत गर्नुभएको हो ।
भीमफेदी–४ कमिटीका अध्यक्ष सुर्य बहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र २ का इन्चार्ज बलराम बल, नेकपा एमाले मकवानपुरका सह–सचिव एवं भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*