पत्रकारले सरकारको प्रतिपक्ष भएर काम गर्नुपर्छः उपमेयर बानिंया

संवाददाता
३० चैत्र २०८०, शुक्रबार १६:४५

३० चैत्र, हेटौँडा । हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले पत्रकार सरकारको प्रतिपक्षको रुपमा रहनुपर्ने बताउनुभएको छ ।
उपमेयर बानिंयाले तिनै तहका सरकारको प्रतिपक्ष पत्रकार रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार हेटौडामा आयोजना गरिएको संचार क्षेत्रको वर्तमान सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारले सरकारको प्रतिपक्ष भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । बिचार फरक भएपनि पेशाप्रति ईमान्दारीता गराउन सकेमात्र निष्पक्ष पत्रकारीताको नारा चरित्रार्थ हुने उपमेयर बानिंयाको भनाई छ । उहाँले उपमहानगरपालिकाले संचार माध्यमका लागि समानुपातिक विज्ञापन प्रणालीलाई सुरुवात गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।


अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खडका, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, उपाध्यक्षहरु रुपेश दुलाल र नानीमायाँ कार्की सम्झना, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु पुरी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल लगायतले वर्तमान सन्दर्भमा संचारजगत, संचारकर्मीको अवसर चुनौती र सम्भावनाबारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी, जि न्यौपाने लगायतले सामाजिक संजालले पत्रकारितामा उब्जाएको समस्या, अवसर र वदलिदो समयमा र आर्थिक संकटमा देखा परेको चुनौतीको बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो । मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*