इन्द्रसरोबरको वत्सलादेवी माविमा फुटबल एकेडेमी सन्चालन हुने

संवाददाता
३० चैत्र २०८०, शुक्रबार १९:०४

३० चैत्र, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउपालिका—३ मा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा फुटबल एकेडेमी सन्चालन हुने भएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) र विद्यालय बीच सम्झौता भएको छ । शुक्रबार एन्फा अध्यक्ष पंकज बिक्रम नेन्वाङको उपस्थितीमा एन्फाका महासचिव किरण राई र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास चन्द्र ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला, प्रदेश हुँदै केन्द्रबाट एन्फाले छनौट गरेका २५ जना खेलाडी र इन्द्रसरोवर गाउँपालिकाका ५ जना गरी ३० जनालाई एकेडेमीमा भर्ना गरिने एन्फा महासचिव किरण राईले बताउनुभयो ।

फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अन्डर १३ का पुरुष खेलाडीलाई प्रशिक्षणमा राखिने भएको छ । प्रशिक्षणमा राखिएका खेलाडीहरुलाई बिद्यालयमा अध्ययनको ब्यबस्था मिलाईएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं सविधान सभा सदस्य सुवास चन्द्र ठकुरीले बताउनुभयो ।
एन्फाले एकेडेमीलाई प्रशिक्षक, होस्टल वार्डेन लगायत प्राविधिक सहयोगको लागि वार्षिक २५ लाख बजेट उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*