उपदानको पैसा माग्न हेटौँडा सिमेन्ट उद्योगका अवकास प्राप्त कर्मचारीद्वारा मुल गेटमै धर्ना

२७ जना कर्मचारीको १८ करोड भुक्तानी दिन बाँकी
मनिल महतो
१३ बैशाख २०८१, बिहीबार १५:२३

१३ वैशाख, हेटौँडा । अवकाश पाएको २ वर्ष बित्दा समेत पेन्सनबापत पाउनुपर्ने उपदान रकम नपाएपछि हेटौँडा सिमेन्टबाट अवकाश पाएका २७ जना कर्मचारी उद्योगको मुल गेटमै धर्नामा बसेका छन् ।
अवकाश पाएको ३५ दिनभित्र उपदान र औषधि उपचार खर्च रकम भुक्तानी पाउनुपर्ने कानूनी ब्यबस्था भएपनि उद्योग प्रशासनले उपदान रकम भुक्तानी दिन वेवास्ता गरेको अवकाश प्राप्त कर्मचारीहरुको गुनासो छ । उद्योगले २७ जना कर्मचारीको उपदान र औषधि उपचार खर्चवापत बापत भुक्तानी गर्नुपर्ने १८ करोड रुपैयाँ उपलब्ध गराउन सकेको छैन । अवकाश लिएकामध्ये हेटौंडा–१३ पदमपोखरीका निङ्मा दोर्जे लामाको मृत्यु भइसकेको छ । उनका छोरा छेवाङ सिन्तान लामा आन्दोलनमा सहभागी छन् । कर्मचारीको सञ्चयकोषको रकम समेत उद्योग सञ्चालनका लागि खर्च गरिएको हो । उद्योगले घाटा ब्यवस्थापन गरी पुनः कर्मचारीको सञ्चयकोष रकम फिर्ता गर्नुपर्नेमा उद्योग निरन्तर घाटामा सञ्चालन हुँदा कर्मचारी मारमा परेका छन् ।


श्रम गर्ने उमेरमा उद्योगमा पसिना बगाएका कर्मचारीलाई घर जानेबेलामा उद्योग प्रशासनले उपदान रकम भुक्तानी दिन सकेको छैन । अबकास प्राप्त कर्मचारीहरुले गत चैत १५ गतेबाट बिहान ९ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर नियमित धर्ना दिंदै आएका छन् । वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने अवकास प्राप्त पिडित कर्मचारीसंघर्ष समितिका संयोजक एकाबहादुर डंगोलले बताउनुभयो ।


उपदान रकम नपाएका पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए । पुस २५ गते उद्योग प्रशासन र संघर्ष समितीबीच वार्ता भएको थियो । २०८० असार मसान्तसम्म सबै अवकास प्राप्त कर्मचारीलाई रोलक्रम अनुसार उपदान रकम दिइसक्नेगरी उद्योग प्रशासनले सहमति गरेको थियो । तर सहमती कार्यान्वयन भएको छैन । उद्योगले सहमती गर्ने तर कार्यान्वयन नगर्ने गरेर कर्मचारीलाई पीडामाथि पीडा थपेको उनीहरुको आरोप छ । उद्योग प्रशासनले भने स्रोत जुटाएर रकम भुक्तानी गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*