मकवानपुरमा डढेलोले गर्दा वातावरण प्रदुषित
२२ वैशाख, हेटौँडा । गर्मीयाम सुरु भए लगत्तै डढेलोको घटनाहरुमा बृद्वि भएको छ । फागुन, चैत महिनाबाट रुख बिरुवाको पात झर्ने गर्दछ । जुन पतझर मौसम हो ।
मकवानपुरको १० वटा स्थानीय तहमा अधिकांश ठाउँहरु ग्रामीण भेग रहेको छ । घाम अत्याधिक लाग्नु र बर्षा नहुनुले वनजंगलमा सुख्खापन आउने गर्दछ । त्यस क्रममा चरिचरणका लागि मानिसहरु बन जान्छन् । सो क्रममा मानिसले उपयोग गरेको चुरोट ननिभाई जथाभावी फाल्नुले डढेलोको घटना हुने गरेको पाईन्छ । त्यसै गरि वनभोज लगाएत अन्य विभिन्न मनोरञ्जात्मक कार्य गर्दा आगोलाई नियन्त्रण नगरि त्यसै छोडदा पनि आगो लाग्ने र वन डढेलो हुने गर्दछ ।
हेटौंडाको अधिकांस वन क्षेत्रमा डडेलो लाग्नाले ग्रामीण भेग लगाएत बजार क्षेत्रमा पनि त्यसको असर परिरहेको छ । वातावरण प्रदुषण हुदा मानिसको श्वासप्रश्वासमा समस्या हुने गरेको पाईन्छ । आखामा पनि विभिन्न समस्याहरु देखापर्ने, पोल्ने, चिलाउने,पाक्ने, रातो हुने जस्ता समस्या देखा परेर रोग लाग्न सक्ने सम्भावना हुन सक्छ । धुवाले गर्दा मानिसको छालामा समस्या देखा पर्ने, फोक्सोमा पनि समस्या हुने गर्दछ । स्टेट अफ ग्लोबल एयर–२०२० को तथ्यांक अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्षेनि ४२ हजार १ सय मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को रिपोर्टअनुसार करिब ३७ हजार जनाको मृत्यु भएको देखिएको थियो ।
डढेलोलाई नियन्त्रणमा लिनको लागि वन सम्बन्धित निकायहरुले पनि प्रयास गरिएको रहेको छ । विभिन्न योजनाहरु बनाउने पुर्व तयारीहरु गर्ने र समूह गठन गर्ने लगाएतको कार्यहरु गर्ने गरेको पाईन्छ । पुर्व तयारीको लागि सामुदायिक वन उपभोक्त समुहसँग सहकार्य गरेर कार्य गर्ने गरेको डिभिजन वन अधिकृत राकेश चन्द्र वंशीले बताउनुभयो । ४० वटा संजाल गठन गरि एउटामा ३ देखि ५ वटा समूह बनाउने र वनमा डढेलो लाग्ना साथ निभाउने गरेको उहाँले । वनमा डढेलो लागेमा नियन्त्रणमा लिनको लागि फाएर लाईन बनाएर आगो नियन्त्रित गर्ने गरेको अधिकृत वंशीको भनाई छ ।
उपमहानगरपालिकाबाट दमकल जान सक्ने ठाउँमा पठाउने गरेको र सो कार्यमा नेपाल प्रहरी र सेनाले पनि सहजिकरण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।














