स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल
२२ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल १४ नं गण हेड क्वार्टर मकवानपुरको १४ औँ स्थापना दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र र शसस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा कर्मचारी मिलन केन्द्र विजयी भएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा कर्मचारीको टिमले शसस्त्र प्रहरीलाई २–१ को गोल अन्तरले पराजित गरेको सशस्त्र प्रहरी बल, नेपाल १४ नं गण हेड क्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भूर्तेलले जानकारी दिनुभयो ।
कर्मचारी मिलन केन्द्रको तर्फबाट प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई कप्तान र सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगर टिम क्याप्टेन रहेका थिए ।














