संघीयताका कारण नै सिंहदरबारको अधिकार गाउँगाउँमा आयोः मन्त्री थपलिया

संवाददाता
२७ बैशाख २०८१, बिहीबार १९:२६

२७ वैशाख, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले संघीयताको कारण मुलुकको आर्थिक, सामाजिक विकासमा सुधार आएको दाबी गर्नुभएको छ ।
जनपत्र मिडिया प्रा.लीको आयोजनामा मकवानपुरगढी गाउँपालिकामा आयोजित सचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थपलियाले संघीयताका कारण नै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको दाबी गर्नुभयो । लामो समयको संर्घषबाट प्राप्त भएको संघीयतामाथि प्रहार गर्ने कार्य भईरहेको तर्फ मन्त्री थपलियाले सचेत गराउनुभयो । उहाँले आवश्यकता अनुसार संविधान संसोधन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै बन तथा वातावरण मन्त्री केशव पोखरेलले गणतन्तत्र स्थापना पश्चात् मूलुकमा राम्रा कार्यहरु भएको बताउनुभयो । भएका उपलब्धिको रक्षा गर्दै सर्वसाधारणका समस्या समाधानतर्फ प्रदेशसरकार अघिबढेको उहाँले बताउनुभयो ।
सर्वसाधारणले आफ्ना पीरमर्का जनप्रतिनिधीसंग घरआँगनमै राख्न सकुन भन्ने उद्देश्यले जनपत्र मिडीया प्रालीले आमभञ्याङको भालुखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*