चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

संवाददाता
२९ बैशाख २०८१, शनिबार १९:२०

२९ वैशाख, हेटौँडा । मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा नवनिर्मिते स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
च्वाइस नेपाल र थाहा नगरपालिकाको आर्थिक सहयोगमा चित्लाङ स्वास्थ्य चौकी भवन निर्माण भएको गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विष्णु विष्टले नागरिकलाई गुणस्तरीय र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण गरिएको बताउनुभयो । घर नजिकै स्वास्थ्य केन्द्र बनेपछि सामान्य उपचार सेवाका लागि अन्य स्थान धाउनुपर्ने अवस्थाको अन्त्य भएको उहाको भनाइ छ । प्रमुख विष्टले स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गनुर््भयो । थाहामा रहेका १२ वटै स्वास्थ्य चौकी मार्फत् गुणस्तरीय सेवा प्रवाह भैरहेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा सहयोगी दाता च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास गर्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । च्वाइसले अस्पतलमा प्रसूती सेवाका साथै आकस्मिक सेवा, प्राविधिकलाई तालिम तथा दक्ष जनशक्ति उत्पादन गरिने गरी सेवा प्रदान गरिने बताउनुभयो ।
च्वाइस नेपालको १ करोड ५० लाख लगानी तथा थाहा नगरपालिकाको ५० लाख प्राविधिक सहयोगमा निर्माण भएको भवन तोकिएको समय भन्दा अगावै सम्पन्न भएको च्वाइसका प्रताप घिमिरेले बताउनुभयो । स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाउँदै लैजाने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । चित्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*