क्यालिबर एकेडेमिक एन्ड करिअर एसोसिएट्सद्वारा हेटौंडामा कार्यालय बिस्तार

संवाददाता
१ जेष्ठ २०८१, मंगलवार १९:१३

१ जेठ, हेटौँडा । क्यालिबर एकेडेमिक एन्ड करिअर एसोसिएट्सले हेटौंडामा कार्यालय बिस्तार गरेको छ ।
चौथो कार्यालय (फ्रेन्चाइज)का रुपमा हेटौंडामा कार्यालय विस्तार गरेको क्यालिबर एकेडेमिक एन्ड करिअर एसोसिएट्सकी विजनेश डेभलप्मेन्ट अफिसर सानु पौडेलले जानकारी दिनुभयो । क्यालिबरले विश्वका सय भन्दा बढी देशका कजेज तथा विश्वविद्यालयमा विद्यार्थी अध्ययनका लागि पठाइरहेको अफिसर पौडेलले बताउनुभयो । विशेषगरी क्यानडा अध्ययनका लागि जान चाहने विद्याथीृका लागि क्यालिबर उत्कृष्ट कन्सल्टेन्सीका रुपमा रहने सञ्चालकको दाबी छ ।
पौडेलका अनुसार, क्यालिबर एकेडेमि मार्फत् वार्षिक ५० जना अध्ययनका लागि क्यानडा जाने गरेका छन् । काठमाडौंको भीमसेनगोला, दुवई र क्यानडामा यसको कार्यालय सञ्चालनमा रहेको हेटौंडा कार्यालयका निर्देशक आषिस दुलालले बताउनुभयो । अध्ययनका लागि विशेषगरी क्यानडा जान चाहने विद्यार्थीले सहज रुपमा सही काउन्सिलिङ पाउन् भन्ने उद्देश्यले हेटौंडा कार्यालय स्थापना गरिएको दुलालले बताउनुभयो । क्यालिबरले विगत ५ वर्षदेखि नेपालमा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*