थाहा ४ मा कुडो खाँदा २१ वटा बाख्राको मृत्यु

संवाददाता
१ जेष्ठ २०८१, मंगलवार २१:२४

१ जेठ, हेटौँडा । थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा मृत्यु भएको छ ।
जेठ १ गते साबिक बमोजिम बाख्रा चरेर आएपछि आगनमा राखेको पानी खाएपछि अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङको ४ वटा बाख्राको मृत्यु भएको वडा न ४ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिनुभयो ।
पानीमा विष या रासायनिक मल परेको हुन सक्ने बताउदै थप जानकारीको लागि एउटा मृत पाठोलाइ पशु प्रयोगशाला त्रिपुरेश्वर पोस्टमार्टमको लागि पठाइएको प्राविधिक मिश्रले बताउनुभयो ।
अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रो सहित खसी २ वटा बोका ३ सहित ४ वटा पाठापाठी र छिमेकी दुधमाया थिङको माउ २ वटा र पाठापाठी २ वटा सहित २१ वटा बाख्रा मरेको हो ।
दिउँसो ३ बजेको समयमा उक्त घटना भएपछि ईलाका प्रहरी कार्यालय पालुङको टोलि घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*