शिवम सिमेन्ट परिसरको क्रसर स्थानान्तरण गनुपर्ने माग

संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १९:३०

४ जेठ, हेटौँडा । हेटौँडा १६ मा रहेको शिवम् सिमेन्ट उद्योगका कारण उत्पन्न भएको समस्या समाधानका लागि गठित समितिले नगर प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।
शिवम् सिमेन्ट परिसरको क्रसर स्थानान्तरण गनुपर्ने लगायतका १४ बुद्धे राय सहितको प्रतिवेदन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामालाई बुझाइएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको समाचार बाहिर आएपछि स्थानीयले विरोध गरेका थिए । बैशाख १३ गते उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा अनुगमन समिति बनाएको थियो । उक्त समितिले शुक्रबार नगर प्रमुख लामालाई समस्याको पहिचान तथा समाधानका उपाय सहितको प्रतिवेदन बुझाएको हो ।
उद्योगले धुलो धुवाँ नियन्त्रणका लागि आधुनिक उपकरण प्रउयोगमा चासो नदिएको, प्लाष्टिक र अन्य फोहोरजन्य वस्तुका कारण वातावरण प्रदुषित बनाएको,सिवम् सिमेन्टको खानीका कारण हेटौंडा नगर क्षेत्र जोखिममा परेको लगायत १३ वटा बुँदामा समस्या पहिचान गरेको छ । समितिको सहसंयोजकमा १७ का वडा अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका बाताबरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरिएको थियो । समितिले दिएको सुझावको अध्ययन गरेर निर्णय लिने नगर प्रमुख लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*