काँग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलतः नेता कोईराला
५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाईरहँदा काँग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गर्नुभएको हो । उहाँले बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने काँग्रेसको अडान पनि बोल्न नचाहेको नेता कोईरालाको भनाई थियो ।
नेता कोइरालाले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताउनु भयो । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उहाँले नमिल्ने नेता कोईरालाले बताउनु भयो । उहाँले उपप्रधानमन्त्री लामिछाने आफैले संसदमा उभिएर आफूमाथि लागेको सहकारी गठी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताउनु भयो ।
नेता कोइरालाले काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताउनुभयो ।














