हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ११ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

संवाददाता
८ जेष्ठ २०८१, मंगलवार १९:२०

८ जेठ, हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ११ औं वार्षिकोत्सब कार्यक्रम मंगलबार मनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै मेयर लामाले समाजमा रहेका नकारात्मक कुराहरुलाई चिर्ने गरी काम गर्न बोर्डका कर्मचारीलाई निर्देशन दिनुभयो । नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनुनै उपमहानगरको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ । मेयर लामाले ठोस योजनाका साथ काम गरे सफल हुने समेत बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै उपमेयर राजेश बानिंयाले असल नियतको साथ नै उपमहानगरले काम गरिरहेको बताउनुभयो । उपमहानगरको सबै वडामा न्यायोचित ढंगले खानेपानी पु¥याउन खानेपानी बोर्डसंग सहकार्य गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्र प्रसाद नेपालले बोर्डमा आएपछी गरिएका कामको विवरण जानकारी गराउनु भएको थियो । खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अधिक खानेपानी उपभोग गर्नेदेखि बोर्डका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा हेटौंडा वडा नं. २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*