चलचित्र पत्रकार संघ मकवानपुरद्वारा पुरस्कार वितरण
१० जेठ, हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले यस वर्षको चलचित्र पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
बिहीबार पुरस्कार तथा सम्मान वितरण समारोहको आयोजना गर्दै यस वर्षको नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार दुई दशक भन्दा बढी देखि चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार एंव गीतकार गीता अधिकारीलाई प्रदान गरिएको छ । अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ राशी सहित पुरस्कृत गरिएको हो । उक्त पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गर्नुभएको हो । चलचित्र पत्रकारिता पुरस्कार २०८१ टिम टेलिभिजनका सम्पादक बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ ।
चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोशिश क्षेत्री सम्मानित हुनुभएको छ । आफु्ना बुबाको स्मृतिमा कलाकार सुशान्तकुमार श्रेष्ठले स्थापना गर्नुभएको धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१ बाट कलाकार ध्रुव न्यौपाने सम्मानित हुनुभएको छ । हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई सहयोग पुराएको भन्दै मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको छ । संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।














