थाहा गोल्डकपः सेमिफाइनल खेलका समीकरण पुरा

संवाददाता
१३ जेष्ठ २०८१, आईतवार १९:०८

१३ जेठ, हेटौँडा । थाहा नगरमा जारी ५ औं संस्करणको थाहा गोल्ड कप फुटबल प्रतियोगितामा सेमिफाइनलका समीकरण पुरा भएका छन् ।
आइतबार भएको खेलमा सक्रिय युवा क्लव र ऋषेश्वर ११ बिजयी भएसंगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो । विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–१ ले पराजित गर्दै सक्रिय युवा क्लबले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । सक्रियको तर्फबाट ज्याकी बलामीले २ र रुपक बिष्टले १ गोल गरे । त्यस्तै विनयबाबुको तर्फबाट महेश तामाङले एक गोल फर्काए । उक्त खेलको म्यान अफ दी म्याच सक्रियका ज्याकी घोषित भए । त्यस्तै अन्तिम क्वाटर फाइनल खेलमा भीमफेदी एफसीलाई १–० ले हराउँदै ऋषेश्वर सेमिफाइनलमा पुगेको हो । खेलको एक मात्र निर्णायक गोल ऋषेश्वरका सुनिल तामाङले गरे ।
सोमबार हुने सेमिफाइनलको पहिलो खेल कुर्दन एकेडेमी चन्द्रागिरी र चित्लाङ खेलकुद बिकास समिती एवम् सक्रिया क्लब र ऋषेश्वर ११ बिच हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले नगद २ लाख र उपबिजेताले १ लाख नगद तथा शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*