बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

संवाददाता
१४ जेष्ठ २०८१, सोमबार १९:११

१४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।
शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राख्दै तयार पारिएको बागमती प्रदेको निती कार्यक्रम प्रदेश प्रमुख यादबचन्द्र शर्माले सदनमा प्रस्तुत गर्नुभयो । ७० बर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क निमुनिया बिरुद्धको खोप उपलब्ध गराउने, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको प्रोत्साहन भत्तालाई निरन्तरता दिने जस्ता कार्यक्रम निरन्तरताका रुपमा समेटिएका छन् । बिरामीहरुको ईलेक्ट्रोनिक रेकर्ड राख्ने, बिपन्न नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने नितीलाई निरन्तरता दिईएको छ ।
आमा बाबु नभएका बालबालिकाको संरक्षणको जिम्मा प्रदेश सरकारले लिने र माध्यामिक तहको अध्ययन निशुल्क गरिने ब्यबस्था मिलाईने निती बनाईएको छ । बाँझा जमिनमा सामुदायिक खेतीको पहल गर्ने, मौरीपालन, रेशम किरा, लाहा किरा पालनलाई प्रोत्साहन गर्ने निती बनाउने घोषणा गरिएको छ । प्राकृतिक प्रकोपका कारण कृषि उत्पादन क्षति भए किसानलाई राहत उपलब्ध गराउने निती लिने घोषणा गरिएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर, करार तथा अस्थाई कर्मचारीलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जोडिने, सरकारी सेवा प्रबाहलाई सर्बसाधारण मैत्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रत्माक ब्यवस्थालाई सुधार गर्ने निती बनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*