सहकारी सुशासन, प्रविधि र एकीकरण विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न

संवाददाता
१५ जेष्ठ २०८१, मंगलवार १७:५८

१५ जेठ, हेटौँडा । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा मंगलबार हेटौँडामा एक दिवसीय सहकारी सुशासन, प्रविधि र एकीकरण विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीको मूल्य मान्यता सिद्धान्त मार्फत् सहकारीलाई सुसुचित बनाउँदै प्रविधिमैत्री तवरले सेवा छिटो छरितो, पारदर्शि, जवाफदेही बनाउने उद्देश्यका साथ अनुशिक्षण कार्यक्रम राखिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको एक दिने अनुशिक्षण कार्यक्रममा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष एवम् जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष देवकोटाले सहकारी क्षेत्रमा सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समयमै ऋण नतिर्ने सदस्यलाई कानुनी दायरामा ल्याउन स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख हीम प्रसाद पौडेलले हेटौंडा उपमहानगर क्षेत्रमा २६ वटा सहकारी समस्याग्रस्त रहेकोमा १९ सहकारीको समस्या समाधान भएको बताउनुभयो । ६ वटा सहकारीको समस्या समाधानको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । दुग्ध किसानको रकम भुक्तानी समस्या निराकरणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको समेत उहाँले बताउनुभयो । कार्यक्रममा प्रविधिको प्रयोग मार्फत् सहकारीमा सुशासन कायम राख्ने आधार, सुशासनका लागि प्रविधि र एकिकरणको औचित्य र सार्थकताका विषयमा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमल्सिनाले प्रशिक्षण गराउनुभएको थियो । संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष मेनका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*