स्थानीयलाई गोली हान्ने आरक्षका सुरक्षाकर्मीलाई कारवाही हुनुपर्छः महेश बर्तौला

संवाददाता
१० असार २०८१, आईतवार १४:४९

९ असार, हेटौँडा । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानि हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले हटौँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी तितुङलाई सो आरक्षमा क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले नागरिकलाई दिनदहाडै गोली हानेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*