इजिप्टमा गाजा युद्धविराम वार्ता जारी

संवाददाता
२७ असार २०८१, बुधबार १९:११

२६ असार, एजेन्सी । गाजापट्टीमा युद्धविरामका लागि इजिप्टको कायरोमा दोस्रो दिनको वार्ता जारी रहेको छ ।
सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बन्र्सले वार्तामा भाग लिनुभएको थियो । इजिप्टको राष्ट्रपति कार्यालयले युद्धविराम वार्ता अघि इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र गुप्तचर प्रमुख अब्बास कमेलले संयुक्त युद्धविराम प्रयासहरूबारे छलफल गर्न बन्र्ससँग भेट गर्नुभयो ।
दुवै पक्षले आफ्नो बैठकमा क्षेत्रीय सुरक्षा मुद्दाहरूको बारेमा पनि छलफल गर्नुभयो । बन्र्स र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन बारको नेतृत्वमा रहेको इजरायली वार्ता टोली गाजा युद्धविराम वार्ताको यस नयाँ चरणको लागि कायरोमा छलफल गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*