खेलकुद विकास समितिका नवनियुक्त अध्यक्षद्वारा पदभार ग्रहण

संवाददाता
२८ असार २०८१, बिहीबार १७:२०

२७ असार, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तानले पदभार ग्रहण गर्नुभएको छ ।
हेटौंडा ४ स्थित समितिको कार्यालयमा बिहीबार पदभार ग्रहण गर्नुभएको हो । समितिका कार्यालय प्रमुख माधव कोइरालाले अध्यक्ष मुक्तान लगायत सदस्यहरु श्रीकृष्ण रुम्बा र मदन उप्रेतीलाई स्वागत गर्दै पदभार ग्रहण गराउनुभएको हो । खेलकुद विकास परिषद बागमती प्रदेशले हेटौडा उपमहानरपालिका –१२ भोर्लेका मुक्तानलाई असार २० गते अध्यक्षमा मनोनित गरेको थियो । पदभार ग्रहण पछि टिम टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिदै जिल्लामा खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रतिबद्धता जनाउनुभयो ।


मुक्तानको पदावधि ४ वर्षको रहनेछ । यस अघि जिल्ला अध्यक्षको पदावधि दुई वर्ष रहने प्रावधान रहेकोमा प्रदेश खेलकुद विकास नियमावली, २०७६ को दोस्रो संशोधन गरेर ४ वर्ष पु¥याइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिन, जिल्ला सचिव वीर बहादुर घलान ज्वाला, विभिन्न खेल क्षेत्रका प्रशिक्षक, खेलाडी लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*