टर्की प्रहरीद्वारा ५ दिनमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ

संवाददाता
३० असार २०८१, शनिबार १७:५१

२९ असार, एजेन्सी । टर्किभर सञ्चालन गरिएका विभिन्न अपराध नियन्त्रण अभियानका क्रमा टर्की प्रहरीले ४ हजार ४ सय भन्दा बढी फरार व्यक्तिहरू पक्राउ परेका छन् ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले टर्की प्रहरीले गत पाँच दिनमा ८१ प्रान्तमा विभिन्न अपरेशनहरूमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ गरेको बताउनु भयो । यी व्यक्तिहरू सडक खोजी, घर र कार्यस्थल छापा, र पहिचान जाँचको क्रममा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये चार हजार ४३६ जना पाँच वर्षसम्म, १९ जना पाँचदेखि १० वर्ष र ११ जना १० वर्षभन्दा बढी फरार रहेको मन्त्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा लागुऔषध कसुरमा ७ सय १८, चोरी ६ सय ९१, तस्करी तथा संगठित अपराधमा ४ सय ३४, ठगीमा ३ सय ८३, लुटपाटमा १ सय ५९, यौन अपराधमा १ सय १६, आतंकवादी कसुरमा ८५ र नियतवश हत्यामा ७९ जना परेका छन् । टर्की मन्त्रीका अनुसार यस अपरेसनमा पुलिस, जेंडरमेरी र कोस्ट गार्ड टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*