दामनमा फलेको फुजी स्याउ (फोटो फिचर)

शम्भु अधिकारी
३१ असार २०८१, आईतवार १२:४६

३० असार, हेटौंडा । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी नर्सरी केन्द्र दामनमा अहिले फुजी स्याउ लटरम्म फलेका छन् ।
२०७३ सालमा परिक्षणका लागि इटलीबाट ल्याइएको विरुवाले रोपेको दुई वर्षदेखि फल दिन थालेको हो । उच्च घनत्व भएका फुजी, गाला, रेड, रोयल डेलिसियस,गोल्डेन डेलिसियस लगायतका स्याउ उत्पादन गर्न बागवानी केन्द्र दामन सफल भएको कृषि प्राविधिक समिर ज्ञानी मगरले बताउनुभयो ।


यस केन्द्रमा विभिन्न प्रजातिका २ सय स्याउका बोट रहेका छन् । एउटा बोटबाट औसत ५ देखि ७ केजी फल्ने फुजी प्रतिकेजि २ सय रुपैयाँमा बिक्रि हुने गरेको कृषि प्राविधिक मगरले बताउनुभयो ।


समुन्द्री सतहदेखी ७ हजार ६ सय २० फिट उचाइमा यो केन्द्र हाल बागमती प्रदेश सरकार मातहतमा रहेको छ ।


२०१९ सालमा स्थापना भएको केन्द्रले जापानी नासपाती, आरु, हलुवाबेद, कटुस, ओखर, आरु बखडा, कीवी लगायत चिसो हावापनीमा फल्ने ९ प्रकारमा फलफूलका करीब २ हजार विरुवा उत्पादन गरेको छ । यस केन्द्रले बार्षिक १५ लाख राजश्व संकलन गर्ने गरेको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*